Nepathya-is Nepal’s most respected and most popular musical band. Nepathya is traveling around the globe with their heart-warming performance.I was lucky enough to capture their concert in New York and here are some photographs of the event.

nep

मलाई मन पर्ने नेपाली लोक/पप साङ्गीतिक समूह “नेपथ्य”ले यही अगष्ट २९ शनिवारको साँझ न्यु योर्क, म्यान ह्याटनमा रहेको ह्यामरस्टाइन हलमा एक भव्य साङ्गीतिक प्रस्तुति गर्‍यो।

 

 

आफ्ना पुराना र नयाँ गीतहरू मार्फत नेपथ्यका अमृत गुरुङले २ घण्टा सम्म निरन्तर दर्शकहरुलाई देश प्रेमको भावना र आफ्ना चर्चित गीतहरू मार्फत देशको गाउँघरमा पुर्याई रहे।

साथसाथमा “नेपथ्य”ले रामेशको “गाउँ गाउँ बाट उठ” र गोपाल ​प्रसाद रिमालको “रातो र चन्द्र सूर्य” पनि गाएर साङ्गीतिक माहोललाई “हामी एक हौँ” भन्ने राष्ट्र भाव प्रस्तुत पनि गरे।
Sahadev5

अनुमानित २ हजार जति दर्शकहरूले भरिएको ह्यामरस्टाइन हलमा साच्चिकै “Music For Unity” देखिएको थियो।
Sahadev4

हरेक गीत पछि अमृत गुरुङ उपस्थित दर्शकलाई देश फर्कन, देशको लागि सोच्न र देशको लागि केही गर्न अभिप्रेरित गरिरहन्थे।
DSC_7318Nepathya Live in New York- Sahadev_

लुम्बिनी इन्टरनेशनल र ओडिशीले आयोजना गरेको साङ्गीतिक कार्यक्रम मैले अहिले सम्म हेरेको नेपाली संगीतिकी कार्यक्रमहरू मध्यको एक उत्कृष्ट कार्यक्रम थियो।
DSC_7281Nepathya Live in New York- Sahadev_

नेपथ्यको समूहमा ड्रमसेटमा धुव्र, गीतारमा निरज, मादलमा शान्ति, किबोर्डमा सुरज र बेसमा सुबिनको साथ् थियो।
DSC_7122Nepathya Live in New York- Sahadev_

नेपथ्यको कार्यक्रम प्रतिको प्रेम फेसबुक र ट्वीटर भरि छरिएको थियो।
DSC_7218Nepathya Live in New York- Sahadev_

नेपथ्य अब अमेरिकाको अन्य सहरमा पनि कार्यक्रम गर्ने तयारी गरी रहेको छ।
Sahadev2
शब्द र तस्बिर:सहदेव पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*
Website